
बिहिवार , आषाढ २१, २०८०
भैरहवा, २१ असार ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयको वरिष्ठ राजनीतिक सल्लाहकारमा बैजनाथ गुप्ता (बी.एन.) गुप्ता नियुक्त भएका छन् । गुप्तालाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसुची–२ बमोजिम गुप्तालाई असार १९ गतेदेखि लागू हुने गरी वरिष्ठ राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको मन्त्री पाण्डेयको सचिवालयले जनाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी गुप्ता यसअघि मन्त्री पाण्डेय मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री हुँदासमेत सल्लाहकार थिए ।
पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भइ लुम्बिनी प्रदेश सरकारको प्रवक्ता तथा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij