
मंगलवार , आषाढ १९, २०८०
भैरहवा, १९ असार ।
गत जुलाई १ र २ तारिख थाइल्याण्डमा सम्पन्न ‘द सिक्थ हिरोज तेक्वान्दो इन्टरनेशनल च्याम्पीयनसीप–२०२३’ (प्रतियोगिता) मा भैरहवाका प्रखर के.सी.ले स्वर्ण पदक जितेका छन् । ११–१२ वर्ष उमेर समूह अन्तर्गत पुरुषतर्फ (४६ केजी भन्दा माथि) समूहमा प्रतिष्पर्धा गरेका के.सी.ले स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् ।
सिद्धार्थनगर नगरपालिका–३ निवासी ११ वर्षिय के.सी. काठमाडौंको जोरपाटीस्थित चेल्सी वल्र्ड स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । स्वर्ण पदक जितेका प्रखरका बुवा धर्म बहादुर के.सी. र आमा रमिला थापा मगर के.सी.ले खुसी व्यक्त गरेका छन् । छोराको यो सफलताले आफूहरु निकै खुसी भएको र शिक्षासँगै खेलकुद क्षेत्रमा अगाडि बढ्न सक्दो सहयोग गर्ने उनीहरुको भनाइ छ ।
उक्त स्कूलका खेल प्रशिक्षक अनुभव जंग थापाको नेतृत्वमा प्रतियोगितामा खेलाडीले सहभागीता जनाएका थिए । प्रतियोगितामा २५ मुलुकका खेलाडीहरु सहभागी भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij