२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सुनवलका देवाखर रिजाल सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपील

मंगलवार , आषाढ १९, २०८०

भैरहवा, १९ असार ।
पश्चिम नवलपरासीको सुनवलबाट एक जना व्यक्ति सम्पर्कबिहीन भएका छन् । सुनवल नगरपालिका वडा नम्बर १२ हरकट्टास्थित आफ्नै घरबाट गत असार १४ गते बिहीवार बिहान ४ बजे हिडेंका ४६ वर्षीय देवाखर रिजाल हराएका हुन् ।

देवाखर भाइ विशाल रिजालले भने, ‘बिहीबार बिहानै घरबाट निस्कनु भएको हो अझैसम्म पनि फर्कनु भएको छैन । ’ भाइ विशालका अनुसार देवाखर सेता/कालो रंगको सर्ट र जिन्स पाइन्ट लगाएर घरबाट निस्केका थिए ।

उनले भने, ‘सबै ठाउँमा खवर गर्यौं, तर भेटिनु भएको छैन् । यदी कही कतै कसैले देख्नु भएको भए हामीलाई सम्पर्क गरिदिनु म विनम्र अनुरोध गर्दछु ।  कसैले फेला पार्नुभएमा ९८४९९०१६३० र ९८६९९३५६६० मा सम्पर्क गर्न उनको अनुरोध छ ।