२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

सुनकोशी–मरिन डाइभर्सनको बजेट कटौती गरेकोमा एमालेको आपत्ति

मंगलवार , आषाढ १९, २०८०

महोत्तरी, १९ असार । 
नेकपा एमाले मधेश प्रदेशले मधेशको दिगो विकासमा चोट पुगेको वताउँदै बजेट बिनियोजनप्रति आपत्ति जनाएको छ । सोमबार बर्दिबासमा प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसी समृद्ध मधेश, सुखी मधेशवासीको आकांक्षामा बजेटले विभेद गरेको निष्कर्ष निकालेको हो ।

प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश र संघिय सरकारलाइ विभिन्न ७ वटा बुद्दामा ध्यानाकर्षणसमेत गराएको जनाएको छ । विकास निर्माणको भारी मात्रामा भएको बजेट कटौतीदेखि लिएर मधेशमा आफ्ना कार्यकर्ताहरुलाई झुट्टा मुद्दामा फसाएकोसमेत उल्लेख गरिएको छ ।

बैठकवाट पारित बुदाँ न. ६ मा भनिएको छ, ‘नेकपा एमालेका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई षड्यन्त्रपुर्वक झुट्टा मुद्दा लगाइ फसाउने काम भएको छ, यसप्रति खेद प्रकट गर्दै सरकार जन्ताप्रति उत्तरदायी बन्न आग्रह गर्दछौं ।’

तराई मधेश समृद्ध कार्यक्रमअन्तर्गत पहिले १ अर्व ५५ करोड बजेट छुट्याएकोमा अहिले ७० करोडमा सीमित गराएको, तराई ल्याउन लागिएको सुनकोसी, मरिन बागमती डाइभर्सनको बजेट कटौती गरिएको, हुलाकी सडक निर्माणमा पहिले १३ अर्व छुट्याएकोमा अहिले ३ अर्व ५० करोडमा सीमित गरिएको जस्ता विषयहरुमा एमाले मधेश प्रदेशको आपत्ति छ ।

त्यसै गरी काठमाण्डौ–तराई द्रुत मार्गको बजेट कटौती गरिएको, कृषि क्षेत्रमा ११ अर्व बजेट कटौती गरिएको, पालिकाहरुको समानिकरण बजेटमा ५० प्रतिशत कटौती गरिएकोप्रती पनि ध्यानाकर्षण जनाएको छ ।

बैठकले भूमिहीनको समस्या, बर्षादवाट हुन सक्ने विपद् जोखिमको पुर्वतयारी, बढ्दै गएको घरेलु हिसांको विषयमा समेत तीनै तहका सरकारलाई झकझकाउने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईको समेत उपस्थिति रहेको थियो ।