२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

प्यारामाउण्टका विद्यार्थीले गरे शिक्षकलाई सम्मान

सोमवार , आषाढ १८, २०८०

तिलोत्तमा, १८ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ माविका विद्यार्थीहरुले सोमबार गुरु पूर्णिमाको अवसरमा शिक्षकहरुलाई सम्मान गरेका छन् । शिष्यहरुले गुरुहरुलाई विभिन्न माध्ययम र तरिकाबाट सम्मान प्रकट गर्ने गरुपूर्णिमाको अवसरमा कक्षाका १० का विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी शिक्षकलाई सम्मान गरेका हुन् ।

विद्यार्थीहरूले विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका शिक्षकहरूलाई खादा, टीका र उपहारसहित सम्मान गरेका थिए । विद्यार्थी सञ्जिता खरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्राध्यापक दामोदर भुसालले पूर्वीय संस्कृतिमा गुरुको स्थान “माता, पिता, गुरु, देव” अर्थात् देवता भन्दा पनि माथि रहेको उल्लेख गरे । उनले गुरुको महत्व महाभारत, रामायण, पुराण, वेदहरुमा उल्लेख भएको बताउँदै सबैभन्दा ठुलो यो ब्रम्हाण्डमा ज्ञान हो भन्ने कुरा कसैले भुल्न नहुने बताए ।

कार्यक्रममा जगदीश भण्डारी, एलिना पाण्डे, स्वीकार आचार्य, अपेक्षा भण्डारीले गुरुको महत्वको बारेमा मन्तव्य राखेका थिए । आस्था शर्माको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत एवं नृत्य प्रस्तुत गरेका थिए भने शिक्षकहरूबीच समेत प्रतियोगिता सञ्चालन भएको थियो ।