
सोमवार , आषाढ १८, २०८०
काठमाडौं, १८ असार ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवं सामाजिक, सांस्कृतिक परिवेशमा हिन्दु राष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् ।
सोमबार पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित “हिन्दु राष्ट्र : अवधारणा र औचित्य’ विषयक अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दु राष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित ’प्रोपोगन्डा’ तथा बाह्य शक्ति र उग्रबामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दु राष्ट्र नेपालको गौरव भएको समेत बताए ।
हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रबादको अभिव्यक्ति भएको उनले दाबी गरे । उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरुको प्रमुख ध्यय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म, संस्कृति र परम्पराको धरातलमा राष्ट्र निर्माण हुनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij