२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

आज गुरुपूर्णिमा मनाइँदै

सोमवार , आषाढ १८, २०८०

भैरहवा, १८ असार । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै सोमबार (आज) गुरुपूर्णिमा मनाइँदैछ । यसैदिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ ।

पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ । 

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यसदिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रहीआएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

यसैबीच लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले गुरुपूर्णिमाको अवसर शुभकामना व्यक्त गरेका छन् । उनले शिक्षा प्रदान गर्ने गुरुको भूमिका महत्वपूर्ण रहेको बताए ।