
सोमवार , आषाढ १८, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पु¥याउन तथा गणतन्त्रमाथि देखिएको खतराको रक्षार्थ आफू प्रधानमन्त्री बन्नुको विकल्प नभएको जिकिर गरेका छन् ।
गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ती विशेष एक कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले संघीय गणतन्त्र माथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्नै पर्ने लागेको बताए ।
उनले व्यथिति र विसंगतिका विरुद्धमा लड्नको लागि यो पटक आफैं प्रधानान्त्री चाहिन्छ भन्ने लागेरै काँग्रेससंग सहकार्य गरेको समेत तर्क गरे । उनले भने, ‘म नभइहुँदैन जस्तो लाग्यो यसपटक । जसरी भएपनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ । विचित्रको अनुभूति भयो मलाई । झन्डै शतप्रतिशत सदनको भोट पनि पाएँ मैले । त्यसपछि कहिले यता कहिले उता जस्तो पनि देखियो तर, मेरो मनस्थिति के हो भने देशमा देखिएको व्यथिति र विसंगतिका विरुद्धमा लड्नको लागि यो पटक म चाहिन्छ भन्नेमा म दृढ थिए, छु अहिले पनि।’
गिरिजा प्रसाद कोइरालाई प्रेरणाको स्रोत जीवनभरी मानिरहने बताएकाउनले काँग्रेससंग गठबन्धन गर्दा निकै गम्भिर भएर निर्णय गरेको बताए । गठबन्धनमा समस्या हुन नदिने उनको प्रतिवद्धता छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij