२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

बाल विकास सहजकर्ताहरुको क्षमता विकास तालिम

आइतवार , आषाढ १७, २०८०

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १७ असार ।
    जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा शुक्रबार भैरहवामा एकदिने बाल विकास सहजकर्ताहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया माध्यमिक विद्यालयमा उक्त तालिम सम्पन्न भएको जेसीआई सिद्धार्थ, नेपालले जनाएको छ ।

    जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीको सभापतित्व, संस्थाका वर्ष २०११ का अध्यक्ष एवं २०२३ का सल्लाहकार, बेलहिया मावि व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेको प्रमुख आतिथ्यतामा, शाखा सम्पादक माधव शर्माको आस्था पाठ तथा वर्ष २०२३ का महासचिव हरि लाल जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    तालिमको सहजीकरण जेसीआई सिद्धार्थ लेडी, नेपालकी कार्यक्रम सम्पादक संयोजक प्रतिमा तिमिल्सिनाले गर्नुभएको तालिमका संयोजक ओजश शर्माले जानकारी दिए ।