२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

‘असल चरित्र निर्माणमा लिडरसीप तालिमको भूमिका महत्वपूर्ण’

आइतवार , आषाढ १७, २०८०

भैरहवा, १७ असार ।
लिडरसीप क्षमता तालिमको ७५ औं श्रृंखलाको अवसरमा आयोजित एक समारोहमा  सहभागी (प्रशिक्षार्थी) वक्ताहरुले व्यक्तिको असल चरित्र निर्माणमा तालिमको भूमिका महत्वपूर्ण हुने अनुभव सुनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व अध्यक्ष ओमकार गौचनले लिडरसीप तालिमले असल चरित्रका लिडरहरु उत्पादन गरेकोमा खुसी व्यक्त गरे । तालिममा अभ्यास गर्दै आफू आबद्ध संघ–संस्थाको नेतृत्त्व लिनका निम्ति  पनि अगाडी बढ्न सुझाव दिए । ८० वर्षीय गौचनले भैरहवाका विभिन्न संघ–संस्थामा नेतृत्व लिएर कार्यसम्पादन गरेका छन् ।    

DSC_4632.jpg

कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवालले कुनै पनि लिडरले अहंकार गर्न नहुने बताए । शक्तिशाली रावणको पनि अहंकार काम लागेन भने घमण्ड र अहंकारले मानवलाई क्षति मात्र हुने उनले विचार व्यक्त गरे । उनले यो तालिमका कारण आफू निर्धक्क भएर बोल्न सकेको अनुभव पनि सुनाए । अग्रवाल पनि लिडरसीप तालिम कक्षाका प्रशिक्षार्थी हुन् ।

तालिमका प्रशिक्षार्थी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्य समिति सदस्य विशाल जयसवालले लिडरले दबाबले भन्दा योग्यताको प्रभावले उत्प्रेरित गर्न सक्नुपर्छ भन्ने विचार राखेका थिए ।

७५ औं श्रृंखला समारोहको संयोजक सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य अभिनव मयुर कसौधनले स्वागत मन्तव्य राखेका थिए । उनले उपस्थितिलाई स्वागत गर्दै यो तालिम नियमित सञ्चालन भइरहने बताउँदै ५ जनाबाट सुरु भएको तालिममा ५० जनाको सक्रिय सहभगिता हुनुले तालिमको आकर्षण बढ्दै गएको भन्दै खुशी व्यक्त गरेका थिए  । तालिमबाट अहिलेसम्म ३ सयभन्दा बढी सहभागीहरु लाभान्वित भएको उनले बताए ।

यो तालिम ६५ औं श्रृंखलासम्म सिद्धार्थ उद्योग वाणिज्य संघको सभा कक्षमा सञ्चालन हुँदै आइरहेको थियो । संघमा तालिम हुँदा व्यवसायीलाई मात्र तालिम प्रदान गरिन्थ्यो । अहिले यो तालिममा उद्योगी व्यवसायीसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुको उत्साहजनक सहभागीता भइरहेको सिद्धार्थ संजाल, रुपन्देहीका कार्यसमिति सदस्य तथा सिद्धार्थ उद्ध्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य हरिश सेठियाले बताए । अहिले तालिम भैरहवास्थित होटल पौवामा सञ्चालन भएको छ ।

असार १६ गते शनिबार भएको समारोहमा नमस्ते तेलका संचालक उद्यमी तथा सिद्धार्थ उद्ध्योग वाणिज्य संघका कर्पोरेट कार्यसमिति सदस्य अर्पित अग्रवाललाई सहभागीहरुको तर्फबाट सम्मान गरिएको थियो  І नमस्ते खाने तेलले  तालिमलाई प्रायोजन गरी प्रोत्साहन गरेको छ ।

तालिममा सहभागी प्रशिक्षार्थीहरू सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु कमल ज्ञवाली र विरेन्द्र ज्ञवालीले कवितावाचन गरेर शुभकामना व्यक्त गरेका थिए ।

तालिममा सिद्धार्थ उबा संघका कार्यसमिति सदस्य विष्णु माया शर्मा, पर्यटन व्यवसायी संजिव जोशी, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका उपाध्यक्ष सुनयना केसी, व्यवसायी तथा सामाजिक अगुवा दुर्गा प्रकाश गुप्ताले तालिमको महत्ववारे धारणा राखेका थिए । तालिममा व्यवसायी बाबुराम पाण्डे, रक्षा पाण्डे, दिनेश गुप्ता, दिपक अर्याल, शिवरतन डागा, श्याम यादव, रामप्रसाद श्रेष्ठ र लायन्स क्लब अफ लोटसकी सचिव उषा घिमिरे लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सिद्धार्थ उवा संघकी कार्यसमिति सदस्य पल्लवी न्यौपाने गरेकी थिइन् भने संघकी कार्यसमिति सदस्य मीना नेपाल पन्थीले उपस्थितिलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

शनिबार आयोजित कार्यक्रमको संघका सचिव तथा युवा समाजसेवी मंगल भण्डारीले गरेका थिए । भण्डारीले भने, ‘यो नियमित तालिमका माध्यमबाट बोल्न मात्र सिक्ने होइन तालिममा योगी, ध्यानी र ज्ञानी बन्ने अभ्यास पनि गरिन्छ ।’ उनले तालिमको माध्यमबाट असल लिडर बन्न उपयोग गर्न आग्रह गरे ।

DSC_4686.jpg

विजय पाण्डेको प्रस्तुतिमा लिडरसीप स्किल्स डेभलपमेन्ट तालिम सञ्चालन हुँदै आएको छ । यो तालिम स्वेच्छिक सहयोग तथा योगदानबाट सञ्चालन भएको तालिमका सहभागी मुनलाइट स्कूलका संचालक त्रिलोकी प्रसाद गुप्ताले बताए ।  मुख्य प्रशिक्षक समेत रहेका विजय पाण्डे लुम्बिनी प्रेस क्लबका आजीवन सदस्य हुन् । उनी विपश्यना ध्यान केन्द्र, लुम्बिनीका ट्रस्टी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिवसमेत हुन् ।