२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

सत्ता जोगाउन गठबन्धनभित्र गठबन्धन बनाइरहेका छन् : रवि लामिछाने

आइतवार , आषाढ १७, २०८०

काठमाडौं, १७ अषाढ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता जोगाउनका लागि दलहरुले गठबन्धनभित्र गठबन्धन बनाइरहेको बताएक छन् । 

आइतबार काठमाडौंमा रास्वपा गोकर्णेश्वर नगर भेला तथा नगर समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनतामा रहेका समस्या समाधान गर्न गठबन्धन बनाउनुपर्नेमा दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन भित्र गठबन्धन बनाइरहेको बताएका हुन् । उनले देश र जनताको पक्षमा काम गर्न खोज्दा रास्वपालाई रोक्ने काम भए जनताले प्रतिकार गर्नुपर्ने जिकिर गरे । उनले चूनावमा हार जित स्वभाविक भएपनि राजनीतिलाई कहिल्यै हार्न दिन नहुने बताए ।

लामिछानेले संसदमा २१ जना सांसद भएपनि शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै आगामी दिन जनताले साथ दिए बहुमत सदस्यका साथ सदनमा प्रतिनिधित्व गर्ने धारणा रखे । उनले रास्वपालाई सरकारमा जाने अवस्था हुँदाहुँदै पनि जनताको सुझावका आधारमा प्रतिपक्षीमा बसेर काम गरिरहेको बताए । मिसन ८४ मा रास्वपाको अर्जुनदृष्टि रहेको भन्दै यस अवधिमा राप्रपा बलियो पार्टी भएर उभिने उनले बताए ।

उनले आगामी निर्वाचनलाई केन्द्रीत गर्दै देशैभरी संगठन विस्तार गर्ने र देशैभरका नागरिकलाई घण्टीको अभियानमा सामेल गर्ने बताए ।