२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

जनमत पार्टी रुपन्देही जिल्ला इञ्चार्ज अर्जुन जैसवालद्वारा पदभार ग्रहण

शनिवार , आषाढ १६, २०८०

भैरहवा, १६ असार ।
जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज अर्जुन प्रसाद जैसवालले पदभार ग्रहण गरेका छन् । शनिबार जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले भैरहवास्थित पार्टी कार्यालयमा आयोजना गरेको सम्मान तथा पदभार ग्रहण कार्यक्रममा नेता जैसवालले पदभार ग्रहण गरेका हुन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सी.के. राउतले गत असार ५ गते नेता जैसवाललाई रुपन्देही जिल्ला इञ्चार्ज तोक्दै जिम्मेवारी दिएका थिए । जैसवाल २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका थिए ।

जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज अर्जुन प्रसाद जैसवालको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ताको प्रमुख आतिथ्यता, पार्टी निकट जनजाति संघका केन्द्रीय सदस्य कैलाश गुरुङ, इञ्जिनियर जनमत संघका केन्द्रीय सदस्य प्रमोद राउतको विशिष्ट आतिथ्यता तथा पार्टीको रोहिणी गाउँपालिका कमिटीका अध्यक्ष विष्णु चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।