images

शनिवार, बैशाख २२ गते २०८१

एसईई र + २ पछि....

एसईई र + २ पछि....

images
images
images
शुक्रवार, आषाढ १५ २०८०
शुक्रवार, आषाढ १५ २०८०
  • एसईई र + २ पछि....

    अहिले देश एसईई परीक्षाको नतिजाको प्रतीक्षामा छ । सम्भवतः केही दिनमै नतिजा (रिजल्ट) पनि सार्वजनिक हुन्छ । माध्यमिक विद्यालय कक्षा ११ र १२ हुने विद्यालयहरुले आफ्नो विद्यालयमा रहेको विभिन्न किसिमको सुविधा, उपलब्धी लगायतसहितको प्रचारप्रसार विभिन्न सामाजिक संजाल, पत्रपत्रिका, टेलिभिजन, एफएम., पर्चापम्प्लेट लगायतको माध्यममार्फत प्रचारप्रसारमा व्यस्त छन् । नतिजा आउँछ, त्यसपछि प्रायः जसो प्रत्येक किसिमको मिडियामा विद्यालयहरुले प्राप्त गरेको नतिजाको जानकारी तथा शुभकामना, सम्मान देख्न पाइन्छ । साथसाथै विद्यालयहरुको प्रचारप्रसार पनि र कतैकतै विद्यार्थीहरुको अन्तरवार्ता पनि देख्न पाइन्छ । विगत केही वर्षहरुदेखि एसईईको नजिताबाट सदाझैं एउटै प्रतिक्रिया आएको पाइन्छ ।

    images
    images
    images

    विगतमा र अहिले पनि विद्यार्थीहरुलाई भविष्यको लक्ष्यको बारेमा सोध्दा उच्च श्रेणी वा उच्च ग्रेड प्राप्त गरेका विद्यार्थीहरुमध्ये एउटा ठूलो समुहले (बोर्ड प्रथमको दावी गरेका समेतले) पनि भविष्यमा एउटा कुशल चिकित्सक, इञ्जिनियर र केहीले बैंकर्स भइ राष्ट्रलाई सेवा गर्ने लक्ष्य बताउँछन् । ती विद्यार्थीहरुको अभिभावकहरुबाट पनि त्यस्तै किसिमको विचारहरु आइरहेका हुन्छन् ।

    कुनै पनि प्रजातान्त्रिक वा लोकतान्त्रिक मुलुकलाई स्फूर्त रुपमा सञ्चालनको लागि थुप्रै संवैधानिक निकाय र त्यसका विभिन्न अंगहरु हुन्छन् । एसएलसी वा एसईईमा उच्च श्रेणी वा उच्च ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले ती निकाय र त्यसका अंगहरुमा काम गर्ने इच्छा खासै व्यक्त गरेको पाइँदैन । कुनै पनि विद्यार्थीले म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानान्याधिश, मन्त्री, सचिव, प्रहरी प्रमुख, सेना प्रमुख, आयोग प्रमुख, न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (सीडिओ), प्रहरी प्रमुख (आईजीपी), एसएसपी, जिल्ला शिक्षा अधिकारी, शिक्षक, राजदुत, कर अधिकृत, मालपोत अधिकृत, भन्सार अधिकृत समाजलाई र देशलाई हाक्ने राजनैतिक नेता बन्छु भनेर भन्दैनन् । यदि देशका सबै भन्दा बढी प्रतिभावान विद्यार्थीहरु डाक्टर, इञ्जिनियर र बैंकर्स मात्रै बन्ने हो भने देश कसरी नयाँ समृद्ध र आदर्श नेपाल बन्छ ? देशमाथि उल्लेखित निकायहरु र त्यसका अंगहरुबाट सञ्चालित हुन्छन् न कि डाक्टर, इञ्जिनियर र बैंकर्सहरुबाट । (यहाँ डाक्टर, इञ्जिनियर, र बैंकर्सज्यूहरुलाई उपेक्षित गर्न खोजिएको होइन तर पनि यो सन्दर्भले कसैलाई चोट पुग्छ भने लेखक क्षमाप्रार्थी छ । ) जब सबैभन्दा बढी प्रतिभावान विद्यार्थीहरु एउटा केही सीमित क्षेत्रतिर मात्रै आकर्षित हुन्छन् र त्यतैतिर जान्छन् भने अलि कम प्रतिभावान विद्यार्थीहरु नै माथि उल्लेखित निकायहरुमा जान्छन् अनि उनीहरुले आफ्नो वुद्धि, विवेकअनुसार देशलाई चलायमान गरिरहेका हुन्छन् । यहाँ एउटा सोच्ने कुरा के छ भने यदि अलि कम प्रतिभावान विद्यार्थीहरुले देशलाई आजको अवस्थासम्म ल्याउन सक्छन् भने बढी प्रतिभावान विद्यार्थीहरु त्यस निकायतिर लाग्ने हो भने यो देश कहाँ पुग्छ होला ? (देशको आर्थिक वृद्धिदर बढेको र मानव विकास सुचांक बढेको अवस्थाअनुसार ) तर होइन ती निकायहरुलाई ती विद्यार्थीहरुले नै पछि गएर गाली गर्ने कि यो भएन त्यो भएन भनेर । आफू चाहे जाने बेलामा नजाने अनि पछि आएर गाली गर्ने । त्यो न्यायसंगत हुन्छ र ? र, उच्च शिक्षा र कामको लागि अवस्था पनि त्यस्तै छ । अहिले विगत केही वर्षहरुबाट एउटा नयाँ प्रवृतिको विकास भएको छ विदेश जाने भनेर । यहाँ पनि त्यस्तै नै देखिन्छ । बढी प्रतिभावान विद्यार्थीहरु अमेरिका, क्यानेडा, यूरोप, न्यूजिल्याण्ड, अष्ट्रेलिया, यु.के. लगायत देशहरुमा जाने र अलि कम  प्रतिभावान (तर दक्ष सीप भएका) विद्यार्थीहरु खाडी मुलुकहरु मलेसिया, कुवेत, बहराईन, कतार, दुबई, ईत्यादी देशहरुमा जाने गरेको पाइन्छ ।

    अमेरिका, क्यानेडा, यूरोप, न्यूजिल्याण्ड, अष्ट्रेलिया, यु.के. आदि जाने विद्यार्थीहरु अधिकांश पढाइ (कम कामका लागि) जाने, त्यही काम गर्ने, त्यही रमाउने, थोरै पैसा भए पनि पठाउने, पछि धेरै जसो त्यहींको ग्रीनकार्ड, पी.आर., नागरिकता लिएर, कहिलेकाही नेपाल आउने त्यसमा पनि नेपालकै भीसा लिएर आउने गरेको र समाजले पनि तीनलाई धेरै महत्व दिएको देखिन्छ भने अर्काेतिर खाडी मुलुक जाने विद्यार्थीहरुले काम गरेर धेरै पैसा पठाउने, घर फर्केर पनि आउने र यहाँ आएर केही नयाँ कामको सुरुवात पनि गर्ने गरेको पाइन्छ । विगत केही वर्षको नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको  तथ्यांकअनुसार खाडी मुलुकहरु र छिमेकी देशबाट आउने रेमिटयान्स अमेरिका, क्यानेडा, यूरोप, न्यूजिल्याण्ड, अष्ट्रेलिया, यु.के. लगायत देशहरुबाट आउने रेमिटयान्स भन्दा कयौं बढी हुन्छ । देशलाई खाडी मुलुकबाट आउने रेमिटयान्सले धेरै सहयोग पु¥याएको छ । प्रत्येक क्षेत्रबाट उच्च श्रेणीका विद्यार्थीहरु नै आफ्नो देशमा बस्न नचाही विभिन्न कारण देखाइ विदेशिने गरेको पाइन्छ । यस्तै रहिरहने हो भने आउने केही समयमा नै बढी प्रतिभावान विद्यार्थीहरु सबै अमेरिका, क्यानेडा, यूरोप, न्यूजिल्याण्ड, अष्ट्रेलिया, यु.के.तिर र दक्षता प्राप्त विद्यार्थीहरु खाडी मुलुकतिर गई देशलाई अहिले कम प्रतिभावान र कम दक्ष विद्यार्थीमय बनाउन्छन् र बाँकी रहेकाले मात्र देश सञ्चालन गर्नेछन् । अब कसरी सञ्चालन गर्नेछन्, कुन तरिकाले सञ्चालन गर्ने छन् अब हामी आफै सोचौं ?

    र, अहिले त झन छोरो–छोरीको बिहे पनि त्यही अमेरिका, क्यानेडा, यूरोप, न्यूजिल्याण्ड, अष्ट्रेलिया, यु.के.मा बस्नेसँग खोजी खोजी गर्ने होड चलेको छ र त्यसैको परम्परा पनि बसिरहेको छ । त्यसरी पनि बढी प्रतिभावान व्यक्तिहरु विदेशिएका छन् । विदेशिने पछिको विकृतिहरु त आफ्नो ठाउँमा छ नै । त्यसैले दुवै किसिमको प्रतिभाहरुलाई रोक्नु अपरिहार्य छ । रोकिएन भने केही वर्षमै देशमा वृद्धवृद्धा मात्र हुनेछन् राजनीति गर्नेहरुको देश मात्र रहनेछ जहाँ राजनीतिकर्मीको मात्र बोलबाला हुन्छ । युवा जति विदेशमा हुनेछन् ।

    यसको समाधानको लागि विद्यार्थीहरुमा सबैले आफ्नो ठाउँबाट शतप्रतिशत जागरुकता फैलाउनुपर्दछ । सर्व प्रथम शिक्षक, विद्यालय, महा–विद्यालयहरुले विद्यार्थीहरुलाई देशको सबै संवैधानिक निकाय र त्यसका अंगहरुको बारेमा जानकारी गराउनु एवं त्यसतर्फ उत्प्रेरणा जगाउनुपर्दछ भने अभिभावकहरुले पनि एउटा केही निश्चित पेशालाई मात्रै आफ्नो साख नबनाई अरु निकाय (पेशा) तिर पनि प्रेरित गर्नुपर्छ । विद्यार्थीहरुले पनि सोच विचार गरेर राष्ट्र उन्नतिलाई मध्यनजर गरी आफ्नो पाइला चाल्नुपर्दछ । सरकारले त्यस्ता विद्यार्थीहरुलाई एकैतिर केन्द्रित नहुने गरी नयाँनयाँ कार्यक्रमहरु ल्याउनुपर्दछ । छिमेकी मुलुकहरुमा त्यस्ता प्रतिभावान विद्यार्थीहरुलाई सिधै आई.ए.एस., आई.पी.एस., आई, एफ.एस., लगायत पदहरुमा प्रतिपष्र्धा गराई बहाल गर्दछ । यहाँ पनि त्यस्तै किसिमको अभ्यासको आवश्यकता छ । हाम्रो देशमा ती पदहरुमा पुग्दासम्म सेवा निवृत्त हुने बेला भइसकेको हुन थाल्छ । यदि यहाँ पनि सीडीओ, एस.एस.पी., सचिवहरु विभिन्न कार्यालयका अधिकृतहरुलगायत पदमा सिधा प्रतिष्पर्धा गराइने हो भने त्यस्ता बढी प्रतिभावान विद्यार्थीहरुको झुकाव त्यसतर्फ बढने सम्भावना रहन्छ । तसर्थ सरकार, सरकारमा रहेको राजनैतिक दलहरु, प्रतिपक्ष, अन्य दलहरु र सबै सरोकारवालाहरुको ध्यान यसतर्फ जानुपर्ने अनिवार्य देखिन्छ । यहाँका त्यस्ता विद्यार्थीहरुलाई आफ्नै देशमा कार्य गर्न सक्ने व्यवस्था मिलाउन सबैको आ–आफ्नो ठाउँमा सक्रियता अनिवार्य छ ।

    (यस लेखले कसैलाई वा कुनै पेशालाई चोट पु¥याउन खोजिएको छैन । तर पनि यदि कसैलाई चोट पुगेको छ भने यसप्रति लेखक क्षमाप्रार्थी छ । )

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij