२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

आज बकर इद, सार्वजनिक विदा

बिहिवार , आषाढ १४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १४ असार । 
    इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको अवसरमा सरकारले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा भएको हो ।

    ‘नेपाल राजपत्रमा मिति २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

    बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढने गर्दछन्  । नमाज पढिसकेपछि एकआपसमा शुभकामना साटफेर गर्ने गर्छन ।