
बुधवार , आषाढ १३, २०८०
काठमाडौं, १३ अषाढ । नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मत दिने निर्णय गरेकाे छ ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बजेटमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पाएकाले पक्षमा मतदान गर्ने निर्णय गरिएको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij