२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

संघीय निजामती सेवा ऐन छिटै अघि बढ्छः मन्त्री मोदी

सोमवार , आषाढ ११, २०८०

काठमाडौं, ११ असार ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिटै अघि बढ्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिदै मन्त्री मोदीले संविधान अनुसार प्रशासनलाई अघि बढाउनका लागि संघीय निजामती सेवा ऐन छिटै अघि बढ्ने बताएका हुन् । अहिले उक्त ऐन परामर्शका लािग अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा रहेकाले परामर्शसहित प्राप्त भएपछि सदनको चालू अधिवेशनमा नै पेश गर्ने उनले बताए ।

मन्त्री मोदीले संघीय निजामती सेवा ऐनमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा कार्यदलसमेत गठन भएको उल्लेख गरे । उनले सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको, सुगम स्थानमा मात्रै बस्ने र दुर्गममा नजाने कर्मचारीको व्यवस्थापनका लागि एक कार्यदल गठन गरिएको जानकारी दिए ।

मन्त्री मोदीले चालू आर्थिक बर्षमा आफ्नो मन्त्रालयको बजेट घटेर आएकाले माग अनुसार कार्यक्रम तर्जुमा गर्न कठिन भएको बताए ।