सोमवार , आषाढ ११, २०८०
काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरको हुन् । उनले ट्रकमा ल्याएको सामानजस्तो नभएको भन्दै सुनको नापजाँचपछि कति सुन हरायो, कति सुन बाँकी छ र के अवस्था रहेको भन्दै भन्ने बारेमा जानकारी गराउनुपर्ने बताए ।
गएराती अख्तियार लगाएतको टोलीले पशुपतिनाथमा रहेको सुनको जलहरी नापजाँच गरिएपनि विवरण सार्वजनिक भने भएको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij