२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

२०६२/०६३ को परिवर्तनले देश र जनताको हित गरेन : कमल थापा

शनिवार , आषाढ ९, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • महोत्तरी, ९ असार ।
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२÷६३ को परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाएका छन् ।

    राप्रपाका नेता, पूर्वमन्त्री एवं उपसभामुख स्वर्गीय रामविलास यादबको महोत्तरीको एकडारा गाउँपालिकामा निर्मित शालिकको अनावरण गर्दै थापाले निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरुको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दावी गरे ।

    ठुला–ठुला भ्रष्टाचार काण्डमा आफूलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरुको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थसिद्ध गर्नको लागि कानूनलाईसमेत हातमा लिने दुश्प्रयास भइरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे । 

    लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र, एकात्मक राज्य प्रणाली अन्त्यपछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए ? भन्ने प्रश्न समेत थापाले गरे ।

    स्वर्गिय रामबिलास यादव राष्ट्रवादी, विकासप्रेमी र सदैव मधेसी जनताको हितमा क्रियाशिल ब्यक्ति भएकोसमेत उनले भने । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजिब पराजुली, विभिन्न पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधि र स्वर्गीय यादवका छोरा शशिरन्जन यादवलगायतले स्वर्गीय यादवको व्यक्तित्वबारे चर्चा गरेका थिए ।