
शुक्रवार , आषाढ ८, २०८०
भैरहवा, ८ असार ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता तथा केन्द्रीय सदस्य महेन्द्र यादवले रुपन्देही जिल्लालाई जसपामय बनाउने दावी गरेका छन् । उनले २०७४ सालको निर्वाचनमा जसपा रुपन्देहीमा दोस्रो शक्तिको रुपमा स्थापित भएको भन्दै पुनः जिल्लामा पुरानै नतिजा दोहोरिने बताए ।
जसपा रुपन्देहीको जिल्ला भेलालाई बिहीबार भैरहवामा सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले पार्टीमा नेतृत्वको भूमिका अझ महत्वपूर्ण हुने बताए । उनले भने, ‘जिल्ला नेतृत्वले अब वडा वडा र टोलटोलमा संगठन विस्तारलाई तीव्रता दिनेमा विश्वस्त छौं । ’
जसपा रुपन्देहीका पूर्व जिल्ला अध्यक्षसमेत रहेका नेता यादवले इतिहास बनावटी हुने नसक्ने बताए । उनले चियापसलमा गफ गरेर नभइ कर्म गरेर नेता बन्नुपर्ने बताए । उनले भने, ‘अरुलाई दोष दिएर मात्र नेता बनिदैन । पद लिएर मात्र हुँदैन । पदको गरिमा बुझ्नुपर्छ । ’ रुपन्देहीमा जसपाको संगठनलाई मजबुत बनाउनका निम्ति लाग्नुपर्ने उनको भनाइ छ । भेलाले सियाराम यादवको अध्यक्षतामा ७१ सदस्यीय जसपा जिल्ला समन्वय समिति गठन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij