२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

संसदमा प्रधानमन्त्रीको जवाफ– मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन

शुक्रवार , आषाढ ८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मधेश प्रदेशमा कम बजेट दिएको भन्ने सत्य नरहेको बताएका छन् । 

    शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशलाई विनियोजन गरेको जानकारी दिए ।सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ ।

    त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ । आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।मधेश प्रदेशमा विभिन्न योजनाका लागि बजेट छुट्याएको बताउँदै उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत बजेटको प्रबन्ध गरिएको  बताए ।