२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

बिहिवार , आषाढ ७, २०८०

काठमाडौँ, ७ असार । 
जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबर (आज) बस्दैछ । 
आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्टदेखि अर्थात १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनकाअनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौंदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ ।

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागीताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउनेसमेत बुझिएको छ ।