
बुधवार , आषाढ ६, २०८०
काठमाडौं, ६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चियापान कार्यक्रम गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा रास्वपाले चियापान गर्ने भएको हो ।
चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ–संस्थाका प्रमुखलगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij