२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, एलन मस्कले भने, ‘म मोदीको फयान हुँ’ 

बुधवार , आषाढ ६, २०८०

नयाँ दिल्ली, ६ असार ।
प्रधानमन्त्री मोदीले आफ्नो चारदिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलोन मस्कलाई भेटेका छन् । एलोन मस्कलाई भेट्नुअघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए ।

प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ एलोन मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँगको मेरो कुराकानी निकै राम्रो भएको बताए । उनले अर्को वर्ष भारत आउने सोचमा रहेको बताए । एलोन मस्कले थप भने कि ‘म प्रधानमन्त्री मोदीको फ्यान हुँ।’

प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन् । बुधवार मस्कसँग प्रधानमन्त्रीको भेट यस्तो समयमा भएको हो, जब टेस्लाले भारतमा आफ्नो कारखानाको लागि ठाउँ खोजिरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्रीको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ । नरेन्द्र मोदीलाई स्वागत गर्न जनतामा ठूलो उत्साह थियो । प्रधानमन्त्रीको स्वागतमा जनताले मोदी–मोदीको नारा लगाएका थिए । भारतीय समुदायका केही सदस्यहरू पनि प्रधानमन्त्री मोदीलाई स्वागत गर्न होटल बाहिर उभिएका देखिए । सहरमा जताततै मानिसहरु जम्मा भएका छन् ।

विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रातो कार्पेट बिछाउनेछ र योसँगै प्रधानमन्त्री मोदी विश्वका तेस्रो नेता बन्नुहुनेछ, जसलाई वर्तमान अमेरिकी राष्ट्रपतिले यो सम्मान प्रदान गरेका छन् । जो बाइडेनले यसअघि फ्रान्सका इमानुएल म्याक्रोन र दक्षिण कोरियाका युन सुक येओललाई राज्य भ्रमण र भोजका लागि आमन्त्रित गरेका थिए । यो अमेरिकाबाट सबैभन्दा नजिकका सहयोगीहरूलाई मात्र दिइने उच्च कूटनीतिक स्वागत हो ।