२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सम्मरीमाई–५ मा निजी विद्यालयका शिक्षकहरुलाई तालिम

मंगलवार , आषाढ ५, २०८०

भैरहवा, ५ असार ।
मर्चवार क्षेत्रका निजी विद्यालयका शिक्षकहरुका लागि शिक्षण क्षमता विकास तालिम सम्पन्न भएको छ । मर्चवार निजी विद्यालय संघको आयोजनामा मंगलबार सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवामा तालिम सम्पन्न भएको हो । 

अध्यापन शैलीमा गुणस्तरीयता ल्याउन संघमा आबद्ध मर्चवार क्षेत्रका १८ विद्यालयका ५० जना तालिम दिइएको आयोजकले जनाएका छन् । आयोजकका अनुसार शिक्षकहरुलाई गामा मोडेलमा अध्यापनको लागि शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । विद्यार्थीहलाई सजिलै बुझाउन सकिने, कक्षामा प्रस्तुत हुने तरिका, विद्यार्थीसँग गरिने व्यवहार, शिक्षण क्षमताको विकासबारे तालिम प्रदान गरिएको हो । 

तालिम कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले समाजलाई शिक्षित बनाउन निजी विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘शिक्षा कै देन हो कि मलाई जनताहरुले प्रदेश सभा सदस्यमा निर्वाचित गराएका छन् । मलाई समाजको विकास लागि योग्य र शिक्षित बुझेर नै जनताले जिताएको छ ।’ मर्चवार क्षेत्रमा निजी विद्यालयको संख्या बढिरहेको बताउँदै शैक्षिक गुणस्तर कायम राख्न उनले आग्रह गरे । 

355595358_626299842793252_9204258045831263227_n.jpg

एकदिने तालिममा सि.वि. पब्लिक हाई स्कूलका प्रिन्सिपल तथा प्रशिक्षक उदय कुमार मल्लिकले सहजीकरण गरेका थिए । 

संस्थाका अध्यक्ष जितेन्द्र सिंहको अध्यक्षतामा तथा सचिव सुखराम यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं. २०६४ सालमा स्थापना भएको मर्चवार निजी विद्यालय संघले निजी विद्यालयहरुको व्यवस्थापनमा सुधार, शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्दै आएको छ ।
।