२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

सुदूरपश्चिम सरकारका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

मंगलवार , आषाढ ५, २०८०

धनगढी, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन् । 

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा चारजना घाइते भएका छन् ।

मन्त्री सिंहसहित चारजना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।