सोमवार , आषाढ ४, २०८०
भैरहवा, ४ असार ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको चौथो महाधिवेशन शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । अधिवेशनले भैरहवाका मनोज अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । राष्ट्रिय अध्यक्षमा निर्वाचित अग्रवाल मारवाडी युवा मंच, भैरहवाका निवर्तमान अध्यक्षसमेत हुन् ।
त्यस्तै संगठनको केन्द्रीय सदस्यमा मारवाडी युवा मंच भैरहवाका अध्यक्ष विनित बेरिवाल र महासचिव अशोक डागा निर्वाचित भएका छन् । बेरिवाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्यसमेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij