२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

रास्वपा तिलोत्तमा–८ को भेला, सभापतिमा भुसाल

शनिवार , आषाढ २, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • तिलोत्तमा, २ असार ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगरपालिका वडा नम्बर ८ को भेला तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रमाकान्त भुसालको सभापतित्वमा वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सीता न्यौपाने तिवारी, सचिवमा प्रकाश तिवारी, सदस्यहरुमा प्रतीक पाण्डेय, बुद्धि सापकोटा, मिना सारु मगर, निशा मिजार, टेक बहादुर थापा, साबित्रा पाण्डेय, मोहन प्रसाद उपाध्याय र प्रेमनाथ ढकाल चयन भएको निर्वाचन मण्डल संयोजक गोपाल भण्डारीले बताए ।

    रास्वपा तिलोत्तमा–८ तदर्थ समितिका संयोजक रमाकान्त भुसालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सहामहामन्त्री एवं संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला सभापति प्रकाश ज्ञवाली, नेताहरु हिमेश पन्त, नरेश पछाई, खडानन्द पौडेल, रुकमागत भारती, डिल्लीराज पैनी, रेवती खनाललगायतले मन्तव्य राखेका थिए । यमुना खरेलको स्वागमा भएको कार्यक्रमको सञ्चालन कृष्ण तिवारीले गरेका थिए ।

    अधिवेशनमा निर्वाचन मण्डलको संयोजकमा गोपाल भण्डारी, सदस्य डिल्लीराज पैनी र प्रतिभा श्रेष्ठ रहेको रास्वपाले जनाएको छ ।