
शुक्रवार , आषाढ १, २०८०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई पर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि टोपबहादुर रायमाझि, बालकृष्ण खांण, टेकनारायण पाण्डे लगाएतका १६ जनालाई थुनामा पठाउन आदेश दिएको हो । उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।
२ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij