२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

भैरहवामा सञ्चालनमा आयो अनमोल फार्मा प्रा.लि.

बिहिवार , जेठ ३२, २०८०

भैरहवा, ३२ जेठ ।
रुपन्देहीको भैरहवामा अनमोल फार्मा प्रा.लि. सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित लुम्बिनीरोड (लुम्बिनीगेट नजिकै) मा बिहीबारदेखि अनमोल फार्मा सञ्चालनमा आएको हो । 

सम्पूर्ण रोगका औषधीहरु (सुगर, प्रेसर, थाइराइड, मुटुरोग, कलेजोरोग, फोक्सोरोगका एन्टिवायोटिक, भिटामिन आदि) सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले अनमोल फार्मा प्रा.लि. सञ्चालनमा ल्याइएको सञ्चालक शैलेस उपाध्यायले बताए । शुभारम्भको अवसरमा औषधी खरिदमा विशेष छुट र मधुमेह (सुगर) मा परीक्षणमा पाँच दिनका लागि १० प्रतिशत छुट प्रदान गरिने उपाध्यायले जानकारी दिए ।

विगत एक दशकदेखि उपाध्याय स्वास्थ्य क्षेत्रमा क्रियाशिल छन् । उनले लुम्बिनीरोडमा लुम्बिनी डाइग्नोष्टिक एण्ड प्याथसमेत सञ्चालन गर्दै आएका छन् । उपाध्याय लायन्स क्लब अफ भैरहवा लिगेसीलगायत विभिन्न संघ–संस्थामा आबद्ध छन् ।