२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

मुकुन्द न्यौपानेलाई सदस्य बनाएपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद हटाइयो : पोखरेल

सोमवार , जेठ २९, २०८०

काठमाडौं, २९ जेठ । 
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउ गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाएपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद हटाएको बताए । 

नेकपा एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउँदा उठ्न सक्ने प्रश्नको सम्बोधन गर्ने गरी ७० वर्षे उमेरहदको प्रावधान हटाएको महासचिव पोखरेलको भनाइ छ । 

उनले ७० वर्षे उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने  र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्न नहुने बताए ।