२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट भोली देखि मलेसिया नियमित उडान गर्दै  

सोमवार , जेठ २९, २०८०

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाज भोली बिहान गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने भएको छ ।

    बिमानस्थल निर्माण सम्पन्न भएको लामो समयपछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाज नियमित उडान गर्न लागेको हो । जेठ ३० गते देखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने घोषणा गरेको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जहाज ३० गते बिहान साढे ७ बजे गौतमबुद्ध बिमानस्थलमा ल्याण्ड हुने बताएका छन् ।

    उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मलेसियाको राजधानी क्वालालम्पुरबाट आउने यात्रुलाई स्वागत गर्न आफु भैरहवा पुग्ने बताएका छन् ।

    नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने जानकारी दिए । उनका अनुसार एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलको भनाइ छ ।

    नेपाल एयरलाइन्सको जहाजले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट नियमित उडान गर्ने भएपछि यस क्षेत्रका पर्यटन व्यवसायि खुसी भएका छन् ।