२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

अधिकांश स्थानमा केहीदिन अझै अधिकतम तापक्रम बढ्छ : मौसम पूर्वानुमान महाशाखा

शुक्रवार , जेठ २६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २६ जेठ ।

    देशभरको तापक्रम अझै केही दिन यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

    कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ’हिट वेभ’ बढ्ने बताइएको छ ।

    गर्मीका कारण ’लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखा पर्न थालेका छन् ।