२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

शुक्रवार , जेठ २६, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २६ जेठ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधनसमेत गरेका छन् । अध्यक्ष थापाले गणतन्त्रका सम्वाहक शक्तिमाथि बारम्बार प्रश्न उठाएका थिए । उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए । अब राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्नेमा थापाको जोड थियो ।  

    देशमा भएका ठूला भ्रष्टाचारका काण्डको फाइल खोलेर दोषीलाई तत्काल कारवाही प्रक्रिया अघि बढानुपर्नेमा थापाको भनाई थियो । शुक्रबार पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनको क्रममा नयाँ बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले वाईडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमण जस्ता जघन्य भ्रष्टाचारका काण्डको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही हुनुपर्ने बताए । 

    नागरिकता विधेयकले देशको स्वाधिनताको रक्षा गर्न नसक्ने भन्दै थापाले नागरिकता विधेयक खारेज हुनुपर्ने, संघीयताले मुलुकलाई टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनु पर्ने बताए ।