२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे जसपा नेता प्रदीप यादव

शुक्रवार , जेठ २६, २०८०

काठमाडौं, २६ जेठ । 
राष्ट्रपति रामचन्द्र पौडेलले दुई साताअघि प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम दैनिकजसो भइरहेको छ । 

सर्वाेच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम भइरहेका हुन् । ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्डसहित धर्ना भइरहेको छ । उक्त धर्नाप्रति ऐक्यबद्धता जनाउँदै जसपाका प्रमुख सचेतक प्रदीप यादव माइतीघर मण्डलामा पुगेका छन् ।