२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन भने एमालेको सुरक्षा एमालेले नै गर्छ : योगेश भट्टराई 

शुक्रवार , जेठ २६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २६ जेठ । 
    कोशी प्रदेश नामकरणको आन्दोलन आफनो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
    प्रतिनिधिसभाको् जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन सक्दैन भने पार्टीले आफनो सुरक्षा आफै गर्नेसमेत बताएका छन् ।  

    ‘मधेसमा एमालेलाई लखेटने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पुर्वमा एमालेलाई लखेटने भनियो, २०७० सालमा ताप्लेजुङदेसख पुर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ,’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुईतिहाई ल्याएर परिवर्तन गरे भईहाल्छ तर पहिचानको नाममा एमाले माथी आक्रमण भईरहेको छ, यो सैहय छैन ।’ 

    सत्ताधारी पहिचानवादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन सक्दैन भने आफै आफनो सुरक्षा गर्ने पनि उनले बताएका छन् । ‘कहिले हाम्रो अध्यक्षमाथि हमला हुन्छ, कहिले मुख्यमन्त्रीमाथि हमला हुन्छ, सरकारी कार्यालयको साइनबोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले अगाडी भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन भने एमालेको सुरक्षा एमाले आफैले गर्छ ।’