२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

शुक्रवार , जेठ २६, २०८०

  • 919
    Shares
  • 919
    Shares
  • दाङ, २६ जेठ । 
    लुम्बिनी प्रदेशमा शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।  

    प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि सोहीअनुसार तयारी गरेको प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।

    ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ ।