
बिहिवार , जेठ २५, २०८०
विराटनगर, २५ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री गग नकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् ।
बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।
भारतले हालै आफ्नो नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटेका बेला उनले सो बताएका हुन् । लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उनले नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij