
बिहिवार , जेठ २५, २०८०
काठमाडौं, २५ जेठ ।
राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दू राष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार दिउँसो २ बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जनवर्गीय संगठनहरु व्यापक तयारीमा जुटेको तथा शुक्रबारको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij