
बिहिवार , जेठ २५, २०८०
काठमाडौं, २५ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए ।
सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्र्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकबिहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij