२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

बालेन शाहलाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान सरकारको स्वीकृति

बुधवार , जेठ २४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २४ जेठ । केन्द्रीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ । 

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो । यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन शाह बेल्जियम जाने बाटो खुलेको छ ।