२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते 

मंगलवार , जेठ २३, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • रुपन्देही, २३ जेठ । 
    लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते शुक्रबार बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

    सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तयारी गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।