२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

विभिन्न कार्यक्रम गरी सि.बि. पब्लिकले मनायो विश्व वातावरण दिवस

सोमवार , जेठ २२, २०८०

भैरहवा, २२ जेठ ।
विभिन्न कार्यक्रमको आयोजना गरी सि.बि. पब्लिक हाई स्कूले सिद्धार्थनगर–७, रुपन्देहीले विश्व वातावरण दिवस मनाएको छ । दिवसको अवसरमा बाल क्लब, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल सि.बि. पब्लिक हाई स्कूलले बेलहिया–बुटवल (६ लेन सडक) र विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । त्यस्तै वातावरणसम्बन्धी कविता, ब्याख्यान, नृत्य र सामूहिक नाटक प्रस्तुती गरिएको स्कूलका प्रिन्सिपल उदय कुमार मल्लिकले बताए ।

कविता वाचनमा सलिना मल्ल, मुनभ श्रेष्ठ, कृशाङग थापा, व्याख्यानमा प्रार्थना मल्लिक, अरविन्द गैरे, आयुस न्यौपाने र नृत्यमा सामूहिक नृत्य र नेहा थापाको एकल नृत्य रहेको विद्यालयले जनाएको छ । विद्यालयकाअनुसार सामूहिक नाटक प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा ज्योति अग्रहरी, रंजु यादव, गोविन्द थापा, कमलेश पाण्डे र रामअवतार बरुणको प्राविधिक सहयोग रहेको विद्यालयले जनाएको छ ।

बाल क्लबका अध्यक्ष तथा जुनियर रेडक्रस सर्कलका सदस्य केशव भण्डारीको सभापतित्व, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगर उपशाखाका सभापति बसन्त कुमार लाल कर्णको विशिष्ट आतिथ्यता, बाल क्लब काशीका अध्यक्ष संस्कृति खड्काको आतिथ्यता तथा युवा रेडक्रस सर्कल उपाध्यक्ष सकिना खातुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिक, भाइस–प्रिन्सिपल उजली कुमार सोनी, वरिष्ठ शिक्षक गोविन्द थापा, शिक्षक, शिक्षिका, कर्मचारी, सडक यात्रु, कक्षा ८, ९ र १० का विद्यार्थीहरु, बाल क्लब, रेडक्रस सर्कलका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

351628686_204476695819697_7406229171739039908_n.jpg