
सोमवार , जेठ २२, २०८०
भैरहवा, २२ जेठ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले स्ववियुको कार्यालय उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको छ । निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको २ महिना बितिसक्दा पनि आजको मितिसम्म पनि कार्यालय उपलब्ध गराउन नसकेकोप्रति गम्भिर ध्यानाकर्षण भएको स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले बताए ।
सोमबार विज्ञप्ती जारी गर्दै तथा क्याम्पस प्रमुख अनिल कुमार झालाई ज्ञापनपत्र बुझाउँदै अबको २४ घण्टाभित्र स्ववियुलाई कार्यालय उपलब्ध गराउन माग गरिएको स्ववियु उपाध्यक्ष सुनिल खनालले बताए । । ज्ञापनपत्र त्रिभुवन विश्वविद्यालयका उपकुलपति र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालमा बोधार्थ पठाइएको स्ववियु सचिव शनि कलवारले बताए ।
गत चैत ८ गते भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । निर्वाचनमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलले जितेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij