२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सामूहिकमा स्मरण खेल तथा कवितालेखन प्रतियोगिता

आइतवार , जेठ २१, २०८०

भैरहवा, २१ जेठ ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा २ र ३ स्तरीय स्मरण खेल र कक्षा ६ र ७ स्तरीय स्थलगत कवितालेखन प्रतियोगिता सम्पन्न भएको छ । सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की वडा सदस्य कल्पना भण्डारीकोे प्रमुख आतिथ्यता, प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यता र प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेलको आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिल्लीराज भट्टराई, कृष्ण प्रसाद बस्याल र कृष्ण प्रसाद जैसीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

परिवारका उपाध्यक्ष समसाद इद्रिसीको स्वागत, कोषाध्यक्ष चन्द्रप्रकाश न्यौपानेको सञ्चालन तथा पूर्वअध्यक्ष वसन्त पाण्डेको संयोजकत्वमा सञ्जीवनी शिक्षा सदन मधवलियामा कार्यक्रम भएको थियो ।

१९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी उक्त कार्यक्रममा स्मरण खेलमा छात्रतर्फ मनकामना इङलिस रुकूलका प्रिन्स बरई प्रथम, यूनिक होम्स ई.बो.का आयुष घर्ती द्वितीय, लुम्बिनी विज्डम ई.बो.का आयुष पन्थ तृतीय र नेपाल नालन्दा आवासीय मा.वि.का आयुष धरिकार सान्त्वना भएका थिए । 

त्यसै गरी छात्रातर्फ सनलाइट ई.बो.  रुकूलकी स्नेहा कुमारी यादव प्रथम, सञ्जीवनी शिक्षा सदनका आहाना आचार्य द्वितीय, लुम्बिनी विज्डम ई.बो.का कृति हरिजन तृतीय र मनकामना ई.बो. स्कुलकी आरध्या कुमारी पाण्डे सान्त्वना भएका थिए । 

स्थलगत कविता प्रतियोगितातर्फ लर्ड गौतम बुद्ध ई.बो.स्कूलका रिवाज थापा प्रथम, एभरेष्ट मोर्डन ई.बो.का दुर्गेश भर द्वितीय, सञ्जीवनी शिक्षा सदन इ.बो.का अंश कसौधन तृतीय र युनिक होम्सका सत्यजित मुराउ सान्त्वना भएका थिए । त्यसै गरी छात्रातर्फ सञ्जीवनी शिक्षा सदनकी एलिना चौधरी प्रथम, एभरेष्ट मोर्डन ई.बो.का निषी कुमारी मौर्य द्वितीय र सनलाइट ई.बो.कादीक्षा सुनुवार तृतीय र स्पाङगल ई.बो.का गरिमा श्रेष्ठ सान्त्वना भएका थिए ।