images

आइतवार, बैशाख २३ गते २०८१

मान्छे बेच्ने देश !

मान्छे बेच्ने देश !

images
images
images
बिहिवार, जेठ १८ २०८०
बिहिवार, जेठ १८ २०८०
  • मान्छे बेच्ने देश !

    यसपाली कोकल्याँटेको आँखा बजेट भाषण तिर गयो । कोकल्याँटे कुनै अर्थशास्त्री वा अर्थ विशेषज्ञ पनि होइन । वास्तवमा भन्ने हो भने कोकल्याँटे काम नभएको जिवित भएर पनि निर्जिव प्राणी जस्तै हो । बेला बेला उसमा जिवन संचार हुदाँ अखबारको पानामा आँखा लजाउन चाँही छोड्दैन ।

    images
    images
    images

    यही सजिव अवस्थामा उसको ध्यान गयो राष्ट्रिय दैनिक मेचिकालीमा (२०८० जेष्ठ १६ गते मंगलबार)। उसको आँखा दैनिकका हेडलाइनमै गयो, १७ खर्ब ५० अर्ब ३१ करोडको बजेट । कोकलाँटे अल्छि त छदैछ, उसलाई त्यहाँ उल्लेखित सबै तथ्याङ्क पढ्न मन लागेन । तर मेचिकालीले एउटा राम्रो काम चाँही गरिदिएको रहेछ । कोकल्याँटेले सोच्यो यो मेरो र म जस्ता अल्छिहरुको उद्धार गर्न र समाचारको सार थाहा पाउन लेखिदिएको होला ।  उ दङ्ग पर्‍यो  अब यहीँ पत्रिका सधैँ लिनुपर्ला भन्ने मनमनै सोच्न थाल्यो ।

    गुलाबी पृष्ठभूमीमा सेतो अक्षरले लेखिएको  २२ बुँदे विशेषताहर पढेर दङ्ग पर्‍यो, अल्छि कोकल्याँटे । २२ बुँदा मध्ये पनि उसलाई रोचक र घोचक लाग्यो आठौ बुदा, ‘नेपाल घुमौं, नेपाली चिनौं’ अभियान चलाइने । कोकल्याँटे कोठामा एक्लै थियो, त्यो बुँदा पढेपछि मरी मरी हाँस्यो–तकिया फाल्यो, लडिवडि गर्‍यो, अट्टहास लिएर हाँस्यो । कोकल्याँटेको श्रीमति भान्सा कोठामा चिया पकाउँदै थिइन, एक्कासी हाँसेको हाँसै गरेको सुनेर, “हैन, के भो ? किन यसरी हाँस्नु भयो?”

    श्रीमति आश्चर्यचकित हुँदै प्रश्न गर्छिन । कोकल्याँटे भन्छ, “उ त्यो मेचीकालीको गुलाबी पृष्ठभूमिको आठौ बुँदा पढ त ।” श्रीमति थपक्क पत्रिका उठाएर आठौ बुँदा पढछिन्–उनी पनि मरी मरी हाँस्न थाल्छिन् । यो आठौं बुबाले कोकल्याँटे बुढाबुढीलाई आन्द्रा बटारुन्जेल हँसायो । आखिर यो आठौ बुँदाले किन  जोइपोइलाई हँसायो, यो ठूलो रहस्य थियो । वरपर छरछिमेकी पनि उनीहरुको हाँसो सुनेर छक्क परे ।

    उनीहरुको हाँसोको रहस्य बुझ्न म कोकल्याँटेको घरमा गए । म पुग्दासम्म उनीहरुको हाँसो थामिसकेको थियो । टेबलमा मेचीकाली राष्ट्रिय दैनिक हाँसिरहेको थियो ।

    मैले भने, “तपाईहरुको हाँसोले मलाई यहाँसम्म तान्यो, बताइदिन मिल्छ भने यो हाँसो रहस्य बताइदिनु न ।”

    “मेचीकालीको आठौं बुँदा हेर्नुहोस् त !” उनले भने । पत्रिका उठाएर मैले सरसरती २२ बुँदा सबै पढें –‘यसमा के छ र ?’

    उसले भन्यो, “तपाई हामी सबै उल्लु हौं, देशका सांसद सबै लाटेकोसेरा, चमेरा हुन्, हामी अस्तित्वविहिन योजना विहिन यि दलका दास मात्र होइन महादास हौं ।”

    मैले उनलाई आग्रह गरे, “सकारात्मक सोच, सकारात्मक चिन्तन र सकारात्मक भाव राख्ने गर्नु होस् ।”

    उ झन आक्रोसित बन्यो उ पुरै उत्तेजित भइसकेको थियो । उसले भन्यो, “नेपाल घुमौ भनेर कसलाई भनेको  ? किन घुम्न प¥यो नेपाल ? के छ र नेपालमा ! मेची देखि महाकालीसम्म सम्पूर्ण उजाड भइसक्यो  । हरियो बन सबै खाइसके हिमाल पुरै स्खलित भइसकेको छ, किन नेपाल घुम्ने?”

    मैले उसलाई थाम थुम पार्ने उद्धेश्यले भने, “घुम्ने उद्धेश्य अरु पनि हुन सक्छ, हिमाल, पहाड, तराईका अलावा...”

    बीचमा कुरा काट्यो उसले, “हाम्रा पुराना मूर्ति, हाम्रा बहुमूल्य चिजहरु बेच्नलाई बनाएको हो ? कि नेपाली नागरिकता दिइ उनीहरुको गन्तव्यका लागि पासपोर्ट बनाइदिने अनि त्यसवापत लाखौं असुल्ने ? छि ! छि ! छि ! यस्तो दुस्कर्मका लागि विदेशीलाई नेपाल बोलाउ नै हुँदैन ।”

    मैले उसलाई शान्त पार्ने उद्धेश्यले भनें, “नेपाली चिनौं पनि त छ आठौं बुँदामा ।”

    उ फेरी खिस्स हाँस्यो, उसको हाँसोमा विषादका रेखाहरु प्रष्ट झल्कन्थे, उसले भन्यो, “नेपालीलाई त, विश्वले चिनिसकेको छ, पहिले पहिले ‘सगरमाथाको देश’ ‘गौतम बुद्धको देश’ भनेर” । अहिले आएर त्यसलाई विस्थापित गरिदिएको छ, ‘मान्छे बेच्ने देश’ भनेर । विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो पहिचान बनिसकेको छ । जुनसुकै देशमा गएपनि, “तपाई कुन देशबाट आउनु भयो ?” भनेर सोधे ठाडै जवाफ दिनुहोस् ‘मान्छे बेच्ने देशबाट’ तपाईले न त सगरमाथाको नाम लिनुपर्छ न गौतम बुद्धको ।

    “मान्छे त अरु अरु देशमा पनि बेचिन्छन् नि ? मेरो प्रश्नमा उ छक्क पर्‍यो ।”

    “हैन के कुरा गरेको ? ” सरकारी तबरबाट “मान्छे बेच्ने देश बताइदिनु होस् त ?”

    म छक्क परे, उ सँग विवाद गर्नुको कुनै अर्थ रहेन ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij