२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

प्रचण्डसँगको भेटपछि मोदीले भने- सीमा विवाद समाधान हुन्छ

बिहिवार , जेठ १८, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • नयाँ दिल्ली, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् । 

    चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले   नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन्।नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ । 

    ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ ।  यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।