images

शुक्रवार, चैत्र १६ गते २०८०

पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाउँछुः गगन थापा

पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाउँछुः गगन थापा

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाउँछुः गगन थापा

    काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाएरै छाड्ने बताएका छन् ।

    images
    images
    images

    सोमबार ललितपुरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नंवर २ को प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै थापाले पार्टी नेतृत्वको गलत कदमले पार्टीप्रति जनताको विश्वास कम हुदै गएको भन्दै पद धरापमा परेपनि पार्टी सुधारको अभियानलाई अघि बढाउने बताएका हुन् । यसअघि पार्टीको बैठकमा फरक मत राख्दा पनि बहुमतले गरिएको निर्णयमा मानेको भन्दै अव त्यसो नहुने उनले बताए । महामन्त्री थापाले चुनावअगाडि नै गठबन्धन गर्दा पार्टी कमजोर बनेकाले कांग्रेसले गरेको गल्तीलाई स्वीकार गरेर जनतासंग माफी माग्दै चुनावअगाडि कहिल्यै पनि तालमेल नगर्ने प्रतिवद्धता जनाउनुपर्ने धारणा राखे ।

    त्यस्तै उनले प्रमुख तीन दलका शीर्ष नेताले सदनमा सांसदले बोलेका कुुरा रेकर्डबाट हटाउने सहमति गर्नुले संसदको अधिकारमाथि हनन भएको तर्क गरे ।

    एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसले यस बिषयमा सहमति जनाउनु उचित नभएको उनको भनाइ छ ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij