२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

कोशी प्रदेश नाम खारेज गरी पुनः नामाकरण गर्न उपेन्द्र यादवको माग

आइतवार , जेठ १४, २०८०

काठमाडौं, १४ जेठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले १ नम्बर प्रदेशको नाम कोशी राख्न नहुने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्‍बोधन हुने नाम राख्न उनले माग गरेका हुन् । 

‘प्रदेश सभाबाट प्रदेश नम्‍बर १ को नामकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनः नामकरण गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ । यस्तै प्रदेशमा भइरहेको प्रदर्शनमाथि सरकारको दमन पनि बन्द गर्न उनले आग्रह गरेका छन् । 

newskarkahna-news515630..jpg