
सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कार्यरत एकजना कर्मचारीको सोमबार बिदाई भएको छ । कृषि शाखामा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अलाउद्दिन खानको एक समारोहकाबीच बिदाइ भएको हो । कृषि प्रसार अधिकृत आठौं स्तरका खान देवचुली नगरपालिका वर्दघाटबाट सरुवा भई सिद्धार्थनगरमा आएका थिए ।
उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा यस नगरमा डेढ वर्ष बढी काम गरेका खानले आफ्नो जागिरे अनुभव सुनाएका थिए । सिद्धार्थनगरको ८ नम्बर वडाका स्थायी बासिन्दा खान कृषि क्षेत्रमा प्राविधिक ज्ञान भएका अनुभवी विज्ञ मानिन्छन् ।
नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, प्रशासन शाखा प्रमुख शेखरनाथ पन्थी लगायतले बोल्दै खानलाई अवकाशको जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij