२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

शनिवार , जेठ १३, २०८०

काठमाडौं, १३ जेठ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए ।

अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुखबीच आपसी सम्बन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । सो भेटमा दुई देशबीचको सम्बन्ध र दुई पार्टीबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो ।

सो भ्रमण सकेर राउत सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन् । राउत भारत भ्रमणका लागि शनिबार गएका हुन् ।